Section 25
डुबेको क्रण लगायतका रकमहरुको रिभर्स
(१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोध भर्ना, असुल उपर, दाबी त्याग अपलेखन वा मिनाहा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछ:-

(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो ०रकम फिर्ता गरेमा वा खर्च असुल उपर गरेमा,

(ख) प्राप्त गरिएको रकमको लेखा एक्रयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफ्नो अधिकार छाडि दिएमा वा सो रकम सो व्यक्तिको क्रण दाबी भएको अवस्थामा निजले सो क्रणलाई डुबेको क्रण मानी अपलेखन गरेमा, वा

(ग) खर्च गरिएको रकमको लेखा एक्रयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व “छाडिदिएमा वा सो खर्च क्रण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो क्रण तिर्नुपर्ने हो सो व्यक्तिले क्रण मिनाहा दिएमा ।

(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको क्रद्घण दाबीलाई डुबेको त्रष्ठणको रुपमा अपलेखन गर्न पाउनेछः-

(क) कुनै वित्तीय संस्था वा बैङ्कको क्रण दाबीका हकमा सो त्रण दाबी तोकिएको मापदण्डहरु अनुसार डुबेको त्रष्रणमा परिणत भएमा, र

(ख) खण्ड (क) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अपनाएपछि सो व्यक्ति सो अधिकार वा क्रण दाबी असुल उपर हुन नसक्ने कुरामा मनासिब रुपमा विश्वस्त भएमा ।